हाम्रो कथा

हाम्रो कथा


योग ज्ञानको सन्दर्भमा नेपाल एउटा समृद्ध देश हो । विगतका ऋषि मुनि देखि लिएर आधुनिक युगका ज्ञानिजनले यो क्षेत्रमा मनग्गे योगदान गरेका छन् । फलस्वरुप, नेपालमा धेरै योग केन्द्रहरु सकृय रहेका पाईन्छन् । विभिन्न योग केन्द्रका आ-आफ्नै अवधारणा र अभ्यास प्रक्रिया हुन्छ् ।

कुन्डलिनि शक्तिमा आधारित योग विद्या धेरै पुरानो हो । यसको अभ्यास प्रक्रिया जटिल भएकोले यो लोपोन्मुख भएको हो । सर्व-साधारणले यस ज्ञानको अभ्यास र उपभोग सजिलै सँग गर्न सकुन भन्ने हेतुले भारतको तामिलनाडु राज्यका वेदाद्रि महाऋिषिले व्यापक अनुसंधान गरि यस विद्यालाई सरल पार्नु भयो र सरलिकृत कुन्डलिनि योगको नामले यसलाई सन १९५८ मा प्रचलनमा ल्याउनु भयो । अहिले विश्वको २० भन्दा बढी देशहरुमा यो योग प्रचलनमा छ ।

नेपालमा सरलिकृत कुन्डलिनि योगको प्रारम्भ वि। सं. २०६५ मा श्री वेदाद्रि महाऋिषिद्वारा लिखित र श्री जयसिंह साह द्वारा अनुवादित "आधुनिक समयको लागि योग " नामक पुस्तकको विमोचन पश्चात भएको मान्न सकिन्छ । केहिं समयको आवश्यक तैयारि पछि वि. सं. २०७३ को मसिर महिनामा " सरलिकृत कुन्डलिनि योग नेपाल " को नामले सरलिकृत कुन्डलिनि योग केन्द्रको स्थापना भयो । भविष्यमा यस केन्द्रले जीज्ञासुवर्गमा आफ्नो सेवा पुर्याउँदै जानेछ भन्ने विश्वास लिईएको छ ।

Copyright © All right reserved to SKY Nepal Site By: SobizTrend Technology