हाम्रो लक्ष्य

व्यक्ति-व्यक्ति मिलेर परिवार बन्दछ र परिवारहरुको समुह समाजको जन्म दिन्छ । व्यक्तिको चरित्रले उसको परिवारको चरित्र निर्धारित गर्दछ । त्यसैगरि परिवारहरुको चरित्रले समाजको चरित्र निर्धारण गर्दछ । एउटा शान्तचित्त मानिसले परिवारमा सजिलैसित शान्ति, समृद्धि र सुखको अवस्था ल्याउन सक्तछ । अतः शान्ति व्यक्तिमा उत्पन्न भै परिवार र तत्पश्चात समाजमा विस्तारित हुनु पर्दछ ।

Copyright © All right reserved to SKY Nepal