Logo

सोमवार, श्रावण २६ गते २०७७

भारतमा हरेक दिन कोरोनाका संक्रमितको संख्यामा नयाँ रेकर्ड

भारतमा हरेक दिन कोरोनाका संक्रमितको संख्यामा नयाँ रेकर्ड

Deeps

११, जेठ २०७७
भारतमा हरेक दिन कोरोनाका संक्रमितको संख्यामा नयाँ रेकर्ड

हरेक दिन नयाँ संक्रमितको संख्या भारतमा बढ्दै गएको छ । संक्रमितको संख्यामा भारतमा हरेक दिन नयाँ रेकर्ड बन्दै गएका छन् । हालसम्म भारतमा कोराना (कोभिड–१९) का संक्रमितहरुको संख्या एक लाख ३१ हजार नाघेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतमा २४ घण्टाको अवधिमा एकैपटक थप ६ हजार ६ सय २९ जनामा कोरोना भाईरसको संक्रमण देखिएको जनाएका छन् । भारतको महाराष्ट्रमा धेरै संक्रमितहरु पुगेको पनि संचारमाध्यमहरुले जनाएका छन् ।

भारतमा पछिल्लो समयको तथ्यांक अनुसार कूल संक्रमितहरुको संख्या एक लाख ३१ हजार ४ सय २३ पुगेको छ भने पछिल्लो पटक दुई साताका लागि भारतले लकडाउनको समयपनि थपेको छ । थपिएको लकडाउनको समय ३१ मे सम्मका लागि पुर्‍याइएको थियो ।

भारतमा पछिल्लो २४ घण्टामा थप १४२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति :जेठ ११, २०७७ आइतवार - ११:१४:३४ बजे

Deeps

This is Test