Logo

सोमवार, श्रावण २६ गते २०७७

पोर्चुगलमा रोनाल्डोको विकल्प सिल्भा हुन् सक्छन ?

पोर्चुगलमा रोनाल्डोको विकल्प सिल्भा हुन् सक्छन ?

Deeps

११, जेठ २०७७
पोर्चुगलमा रोनाल्डोको विकल्प सिल्भा हुन् सक्छन ?

इन्ग्लिश प्रिमिएर लिग म्यानचेस्टर सिटीका निम्ति आफ्नो ब्यबसायी फुटबल खेल्दै पोर्चुगल राष्ट्रिय फुटबल उत्थानमा समेत ठुलो भूमिका निर्बाह गरेका बर्नाड़ो सिल्भा आफुलाई जायन्ट क्रिस्टियानो रोनाल्डोसंग तुलना नगर्न आग्रह गरेका छन् ।

सिल्भाले आफुलाई तुलना गर्ने मात्र होइन, रोनाल्डोको विकल्प वा उनको स्तरमा अर्को कोहि हुन् नसक्ने जानकारी समेत दिएका थिए ।

क्रिस्टियानो रोनाल्डो पोर्चुगल अन्तर्राष्ट्रिय फुटबलका मुख्य खेलाडी हुन् तर उनको विकल्प खोज्ने बेलामा पोर्चुगल पुगिसकेको समेत देखीन्छ । तर हालसम्म रोनाल्डो पोर्चुगलका प्रमुख खेलाडी हुन्, १६४ खेलबाट रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ९९ बनाइसकेका छन् ।

३५ बर्षे रोनाल्डोले देशका निम्ति खेल्न सक्ने दिनहरु गन्तिमा छन्, रोनाल्डोको दोश्रो विकल्प खोज्ने बेलामा सिल्भा प्रमुख मनोनय हुन् ।

उनले ए.एस. संगै कुरा गर्दै भने-“रोनाल्डोको स्थान कसैले लिन सक्दैन, ,त्यो कल्पना गर्न सकिदैन !!”

सिल्भाले तर आफु राष्ट्रका निम्ति सधै हाजिर र सुधार मुलक रहने प्रतिबद्धता समेत दिएका थिए ।

प्रकाशित मिति :जेठ ११, २०७७ आइतवार - ११:१८:५४ बजे

Deeps

This is Test