चेतनाको विकास क्रम

चेतनाको विकास क्रम

  • Sobizpress SuAdmin
  • आइतवार, भाद्र २८ २०७७


  • चेतनाको विकास क्रम

    Dr. Rojan Ghimire

    Kathmandu ‎

    images

    9818391514

    संपूर्ण सृष्टि पूर्ण चेतना सहितको स्व–दबावयुक्त स्थिर शिवतत्वबाट निःसृत उर्जाको परिणाम हो । पूर्णचेतमा उपलब्ध हुन अथवा तत्वज्ञान प्राप्त गर्न मानिस आफ्नो मनलाई अन्तर्मुखी गर्ने, एकाग्र गर्ने र ध्यानमा जागरुक हुने अभ्यासमा लाग्दछ । यस्तो मन जुन सत्य के हो, म को हु , सही र गलत के हो भनि जान्न खोज्छ, त्यो जान्न खोज्ने संकाय सहितको मनलाई स्वामी वेदाद्री महर्षि छैठौ इन्द्रिय भन्नुहुन्छ । छैठौ इन्द्रियको विकास मानवमात्रमा उपलब्ध छ र यसैले मनिसलाई अरु प्राणीहरु र जीवजन्तुहरुबाट छुट्याउँछ ।

    सुख, दःुख अनुभूति गर्न र भावना अभिव्यक्त गर्न मात्र त पाँच इन्द्रिय सहितका विकसित स्तनधारी केही जीवहरुले पनि गर्न सक्छन् जस्तै गाई, कुकुर, आदि । कुनै चीजको अस्तित्वबोध गर्ने, त्यो चीज अर्काे अस्तित्व भन्दा फरक छ भनेर चिन्ने र त्यसलाई अनुभव गर्न सक्ने क्षमता दुई देखि पाँच इन्द्रिय हुने सम्पूर्ण जलचर र थलचरमा हुन्छ तर सोको उपयोग उनीहरु आफ्नो भौतिक रक्षा गर्न, आहार खोज्न र प्रजननमा मात्र सीमित गर्न सक्छन् जुन मानव चेतनाको तुलनामा एकदमै आधारभूत मान्न सकिन्छ । एक इन्द्रिय मात्र रहने बोटबिरुवाहरुमा चेतनाकै कारण सही गतिमा आकारको वृद्धि, सही समयमा फुल्ने, फल्ने र परिपक्व हुने र आफ्नो प्रजातिको विस्तार हुने गर्दछ ।

    यसरी, सम्पूर्ण जीवित प्राणीहरुको चेतनाले न्यूनतमरुपमा उसलाई वरिपरिको वातावरणको प्रतिकूलताबाट जोगिएर आहार जुटाउन र प्रजाति फैलाउन मद्दत गर्दछ । वेदाद्री महर्षिले सम्झाउनु भएको छ कि जीवित प्राणीमा मात्र चेतनाको प्रस्फुटन भएको होइन, निर्जीव पिण्डहरु, अणु, परमाणुहरु पनि चेतनाकै कारण निश्चित ढाचामा एउटा कक्षमा घुम्छन, त्यो घुमाइ (स्वघुर्णन र अग्रगति) सटीक हुन्छ र नियमित हुन्छ । पृथ्वीको यही चेतनाले हामी एक वर्षमा ३६५ दिनको र दिनमा २४ घन्टाको समयलाई मानक बनाउन पाएका छौं । पदार्थको चेतना पनि प्रष्ट झल्कन्छ जब त्यो अर्काे पदार्थ अथवा प्राणीको सम्पर्कमा आउँछ । जस्तै नूनका कणहरु पानीको सम्पर्कमा घुल्नु नूनको चेतना हो । नीलो तुथोका सेतो धुलो पानीको सम्पर्कमा निलो हुनु त्यसको चेतना हो ।

    अर्थात यो सृष्टिभरि चेतनानै सर्वोपरि छ तर सृष्टिका हरेक निर्र्जीव वस्तु र प्राणीहरुमा चेतनाको अंश मात्र छ । परमाणु, अणुहरु, पिण्डहरु, पदार्थहरु र एकदेखि पाँच इन्द्रीय सहितका प्राणीहरु सबै चेतनाले नै चलायमान छन र अस्तित्व जोगाइराख्न सफल छन तर त्यो चेतनाले मानव जन्ममा छैठांै इन्द्रियको प्रादुर्भाव पछि मात्र पूर्ण चेतनासँग लयबद्ध हुने मौका प्राप्त गर्दछ । यस्तो पूर्णचेतसम्मको यात्राको लागि सरलीकृत कुण्डलिनी योग जस्तो योग विधि प्रभावकारी हुन्छन् ।

    आइतवार, भाद्र २८ २०७७०३:५८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to SKY Nepal Site By: SobizTrend Technology