योग कार्यक्रम

योग कार्यक्रम


योग कार्यक्रम
सरलिकृत कुन्डल्लिनी योग नेपालबाट सन्चालन गरिने योग कार्यक्रम निम्न विषयमा केन्द्रीत रहेको छ - १) कुन्डलिनी दिक्षाका चरणहरु,  २)  कोर्स विवरण ३) समय तालिका र कोर्स फि । यि विषयहरुको विस्तार तल दिईएको छ - 

१) कुन्डलिनी दिक्षाका चरणहरु  

सर्वसाधारण मानिसलाई बढी से बढी उपयोगी हुने गरी प्रकृतिमा शताब्दियौँ देखि विज्ञानको विकास हुने गरेको छ । यसै प्रकारले कुण्डलिनी शक्तिलाई उठाउने विज्ञान पनि हालको समयमा विकसित भएको छ । योगको यो प्रकृयालाई सरलिकृत कुण्डलिनी योग (स.कु.यो.) भनिन्छ ।
स.कु.यो.को अभ्यास उमेर पुगेका अर्थात १८ वर्ष भन्दा माथिका महीला पुरुषहरुद्वारा गर्न सकिन्छ ।

इच्छुक व्यक्तिको मनलाई उसको आत्मासित जोडने कार्य इश्वरीय सम्पर्कको औपचारिक रिती हो । शिष्यलाई गुरुबाट प्रदान गरिने यस क्षमतालाई आध्यात्मिक शब्दावलीमा ‘दिक्षा’ भनिन्छ । शिष्य शुद्ध भई दैविक चेत प्राप्त गरोस् भनि दिव्य कामना गर्दै गुरुले इच्छुक व्यक्तिमा आफ्नो शक्ति प्रवाहित गर्नुपर्ने हुन्छ । गुरुको जीवनशक्ति इच्छुक व्यक्तिमा ३ तरीकाले प्रवाहित हुन्छ –
क) स्पर्शद्वारा – यसलाई ‘स्पर्श दिक्षा’ भनिन्छ । यो दिक्षामा कुन्डलिनी शक्तिलाई मुलाधारबाट उठाएर आज्ञा चक्रमा स्थापित गरिन्छ ।  
ख) दृष्टिद्वारा – यसलाई ‘चक्षु दिक्षा’ भनिन्छ । यो दिक्षामा कुन्डलिनी शक्तिलाई आज्ञा चक्रबाट उठाएर सहस्राधारमा स्थापित गरिन्छ ।  
ग) विचारद्वारा – यसलाई ‘ज्ञान दिक्षा’ भनिन्छ । यो दिक्षामा कुन्डलिनी शक्तिलाई सहस्राधारबाट उठाएर ब्रह्ममा स्थापित गरिन्छ ।  

इच्छुक व्यक्तिको मन पहिलो प्रविधिबाट आत्मासित, दोश्रो प्रविधिबाट विश्व शक्तिसित र तेश्रो प्रविधिबाट सत्यसित जोडिन पुग्छ । स.कु.यो. मा यी तिनै तरिकाहरु प्रचलनमा ल्याईन्छ ।

क)  स्पर्श दिक्षा
इच्छुक व्यक्तिले रहस्यमयी कुण्डलिनी शक्तिको अस्तित्व र कार्य महसुस गर्ने योग्य बनाउन (उसको) मूलाधारबाट कुण्डलिनी शक्तिलाई अग्नचक्र सम्म उठाउनु र उसको बुद्धिको आँखा (ज्ञान चक्षु) खोल्ने कार्य “स्पर्श दिक्षा” मा गरिन्छ । स.कु.यो. का गुरुले स्पर्शद्वारा आफ्नो शक्ति इच्छुक व्यक्तिमा प्रवाहित गर्दछ र फलस्वरुप इच्छुक व्यक्तिको कुण्डलिनी शक्ति जाग्रित भएर आउँछ । यसको लागि 15 मिनेटको समय प्रयाप्त हुन्छ । शुरु शुरुमा इच्छुक व्यक्तिले आफ्नो आज्ञा चक्रमा हलुका कम्पन महसुस गर्दछ । मनलाई यस स्पन्दनमाथि केन्द्रित राखिनुपर्दछ । स.कु.यो. प्रविधिमा मन्त्र, जाप वा प्रणायाम गर्नु पर्दैन । मात्र बसेर आज्ञा चक्रमा हुने कुण्डलिनी शक्तिको लहर माथि ध्यान दिनुपर्दछ । यसै ध्यानले चेतना  र इच्छा शक्ति बढाउँछ । अझ यसले अभ्यासकर्तालाई बाह्य इन्द्रियजनित गतिविधीबाट हटाएर उसको जीवन शक्ति संचय र संरक्षण गर्ने योग्य बनाउँछ । इच्छुक व्यक्तिको उमेर तथा ध्यानको अभ्यासप्रति उसको चाहना अनुसार कुण्डलिनी शक्ति 3-5 दिन भित्र सशक्त रुपमा जाग्रित भएर आउँछ । टाउको भारी भएको महशुस हुन्छ । यस बेलामा शान्ति योगको आवश्यक्ता हुन्छ ।

शान्ति योगः
स.कु.यो. का गुरुले स्पर्शद्वारा कुण्डलिनी शक्तिको वेगलाई आज्ञा चक्रबाट मूलाधारमा फर्काउँछ । यसको लागि 10 मिनेटको समय प्रयाप्त हुन्छ । यो योग कारमा हुने ब्रेक जस्तै हो । यसले शक्तिको प्रवाहलाई कम गर्छ तथा बढता भएको शक्तिलाई नियन्त्रण गर्दछ । जब पनि कुण्डलिनी शक्तिको प्रवाह वा कम्पन असजिलो हुने गरी बढ्छ तब सजिलोसित यसलाई नियन्त्रित गर्न सकिन्छ । यो अभ्यासले शरीरको भौतिक दिनचर्यालाई पनि नियमित र व्यवस्थित तुल्याउँछ ।

ख) चक्षु दिक्षा (थुरिया योग)
केहीं हप्तासम्म आज्ञा चक्र - मूलाधार को बिचमा कुण्डलिनी शक्ति चलाउने सफल अभ्यास पछि इच्छुक व्यक्ति थुरिया योग गर्न सक्ने अवस्थामा पुग्छ । थुरीया योगमा गुरुले आफ्नो दृष्टिद्वारा दैवी यौगिक शक्तिलाई पुनः प्रवाहित गरी कुण्डलिनी शक्तिलाई सहस्राधार सम्म उठाई दिन्छ । कुण्डलिनी शक्ति सहस्राधारमा आनन्दको अनुभूति दिंदै कम्पन गर्न थाल्दछ । यस क्षेत्रमा मन अझै छोटो frequency मा कार्य गर्दछ । यसले गर्दा यो विश्व शक्तिको क्षेत्रसित आबद्ध हुन पाउँछ । यो दिक्षा 10 देखि 15 मिनेटमा पुरा हुन्छ ।

ग) ज्ञान दिक्षा (थुरीयातीत योग)
केहीं महिनासम्म आज्ञा चक्र - सहस्राधार - मूलाधारको बिचमा कुण्डलिनी शक्ति चलाउने सफल अभ्यास पछि इच्छुक व्यक्ति थुरियातीत योग गर्न सक्ने अवस्थामा पुग्छ । थुरीयातीत योगमा गुरुले आफ्नो विचारद्वारा व्यक्तिगत चेतनालाई ब्रह्मचेतमा लीन गर्ने क्षमता प्रदान गर्छन् । गुरुको विचारशक्तिबाट इच्छुक व्यक्ति थुरीयातीत अवस्थामा लगिन्छ । यस अवस्थामा आत्मा सर्वशक्तिमान परमात्मामा लिन हुन्छ । यो मनोवैज्ञानिक अभ्यासलाई ‘समाधी’ वा ‘इश्वर योग’ पनि भनिन्छ । यो दिक्षा १० देखि १५ मिनेटमा पुरा हुन्छ ।

२) सरलिकृत कुन्डलिनी योग (स.कु.यो.) प्रणालिको कोर्स विवरण

स.कु.यो. एउटा योग प्रणाली हो । यसको उश्य मानव जातिलाई तनाव रहित, सुखी र सफल जिवन बिताउँदै जिवनको वास्तविक उद्देश्य प्राप्त गर्न लायक बनाउनु हो । यसमा ४ वटा विधाहरु छन् -

क) कुन्डलिनी योग  : यस अन्तर्गत निम्न विषय हरु समेटिएका छन -

अ) प्रकृती र प्राणिको वैज्ञानिक विश्लेषण : ईश्वरिय विकासको प्रकृया; ब्रह्माण्ड, निर्जिव वस्तु तथा प्राणिहरुको उत्पति; चेत, चेतना र विचार; परमात्मा र आत्माको परिभाषा; जिवनको उद्देश्य; योग, योगको प्रकार र योगको महत्व ।

आ) कुण्डलिनी जागरण तथा कुण्डलिनी व्यवस्थापन : कुण्डलिनी परिचय्; कुण्डलिनी जागरणा र व्यवस्थापनबारे सैद्धान्तिक जानकारी; कुण्डलिनी चक्रहरुमा कुण्डलिनी जागरण दिक्षा; कुण्डलिनी शक्तीको व्यवस्थापन र उपायोग ।

ख) आत्म-निरिक्षण :  यस अन्तर्गत निम्न विषय हरु समेटिएका छन -

यस कोर्समा विशेष ध्यान विधि, जिवन संबन्धी दार्शनिक जानकारी तथा आत्म-विश्लेषण गर्ने तरिका सिकाइन्छ । यसले हानिकारक स्वभाव हटाई गुणयुक्त भावना को विकास द्वारा जिवनमा सामन्जस्यता स्थापित गर्दछ । कुन्डलिनी शक्ती एवम इश्वरिय शक्ती बारे बोध भई सकेपछी दिक्षार्थी ले निम्न बिषयहरु बुझ्ने मौका पाउँछन् जसको अभ्यास गरी आफ्नो, आफ्नो परिवारको र आफ्नो समाजको भलाई गर्दै सामंज्स्यपुर्ण जिवन बिताउन लायक हुन्छन् -

1) जिवन दर्शन; 2) विचारको विश्लेषण; 3) ईच्छाको नैतिकिकरण; 4) क्रोधको सयमिकरण; 5) चिन्ताको उन्मुलन; 6)आत्म-बोध; 7) जिवनमा सामन्जस्यता; 8) सुखी जिवन्को लागी आशिर्वाद 

ग) सरल शारिरिक व्यायामहरु : बच्चा देखी बुढो उमेर सम्मका लागी सजिलो र उपयुक्त हुने हिसाबले लामो अनुसन्धान पश्चात विकसित गरिएको व्यायामहरुको व्यवहारिक ज्ञान प्रदान गरिन्छ जसको अभ्यासबाट शरिरमा तरल, ताप र वायु को सन्चालनमा नियमितता र समन्वय उत्पन्न भई शरिर स्वस्थ हुन्छ -

1) हातको व्यायाम; 2) खुट्टाको व्यायाम; 3) तन्तृका पेशिय प्रणायाम; 4) आँखाको व्यायाम; 5) कपाल भाति; 6) मकरासन; 7) मसाज; 8) एक्यु-प्रेसर; 9 ) तनाव-मुक्त आसन; 10) स्वस्थ र सामन्जस्यपुर्ण जिवन  

घ) काया कल्प योग : हजारौँ वर्ष अघी सिद्धा सन्तहरुले प्रयोग गर्ने गरेको यो योग विधी बिचमा लुप्त हुन पुज्ञो । एउटा लामो खोज पछी १९८० को दशकमा यो विधी पुन: प्राप्त भयो र नेपालामा यो विधी भर्खरै मात्र भित्र्याईएको छ । यस  विधिमा आधारभुत जिवन शक्ती (ओजस) लाई सरल योग प्रकृया द्वारा मस्तिष्कमा लगेर जिउभरी फिंजाईन्छ जसले गर्दा शरिर यौवनपुर्ण, कान्तियुक्त र दिर्घायु हुन्छ ।  

३) समय तालिका र कोर्स फि

सरलिकृत कुण्डलिनी योगको कोर्स २ तरिकाले प्रदान गरिन्छ - 1) सम्पूर्ण र 2) पटके ।

1) सम्पुर्ण कोर्स मा पुरै कोर्स ८-९ दिनमा (दिनहुँ २-३ घन्टाको हिसाबले) पुरा गरिन्छ । कोर्सको समय बिहान (९ बजे भित्र सक्नेगरि); दिउँसो र बेलुका अफिस समय पछि । भाग लिने व्यक्तिले आफ्नो सुविधा अनुसार कुनै एउटा समय रोज्न सक्छन् । सकुयो को ध्यान केन्द्रमा सन्चालित कोर्सको लागी कोर्स फि – रु. २००० (पति-पत्नी दुबै आएमा एक जनाको छुट) । यस कोर्सको लागी एक पल्ट रजिस्ट्रेसन गरे पुग्छ ।

2) पटके कोर्स मा पुरै कोर्स लाई ४ वटा छुट्टै कोर्सको रुपमा पुरा गरिन्छ र हरेक कोर्सको लागी छुट्टा छुट्टै रजिस्ट्रेसन गर्नु पर्दछ ।

क) वैज्ञानिक विश्लेषण, कुण्डलिनी परिचय्, कुन्डलिनी जागरण (आज्ञा चक्रमा) र शान्ति योग - शुक्रबार तथा शनिबार पर्ने गरी २ दिन (प्रती दिन ७ घन्टा समय लाग्ने) । सकुयो को ध्यान केन्द्रमा सन्चालित कोर्सको लागी कोर्स फि - रु १००० (पति-पत्नी दुबै आएमा एक जनाको छुट) ।

ख) आन्तरिक शुद्धिकरण (बाटो खोलाउने) र सरल शारिरिक व्यायाम - पहिलो दिक्षा लिएको १ हप्ता पछी शनिबार पर्ने दिन (७ घन्टा समय लाग्ने) । सकुयो को ध्यान केन्द्रमा सन्चालित कोर्सको लागी कोर्स फि - रु ५०० (पति-पत्नी दुबै आएमा एक जनाको छुट) ।

ग) आत्म-निरिक्षण - दोस्रो दिक्षा लिएको १ हप्ता पछी शनिबार पर्ने दिन (७ घन्टा समय लाग्ने) । सकुयो को ध्यान केन्द्रमा सन्चालित कोर्सको लागी कोर्स फि - रु ५०० (पति-पत्नी दुबै आएमा एक जनाको छुट) ।

घ) सहस्राधार कुण्डलिनी दिक्षा र काया कल्प योग - तेस्रो दिक्षा लिएको १-२ हप्ता पछी शनिबार पर्ने दिन (७ घन्टा समय लाग्ने) । सकुयो को ध्यान केन्द्रमा सन्चालित कोर्सको लागी कोर्स फि - रु १००० (पति-पत्नी दुबै आएमा एक जनाको छुट) ।

Copyright © All right reserved to SKY Nepal Site By: SobizTrend Technology